Nepal

यूरोपले उसको प्रतिरक्षासम्बन्धी खर्चहरू बेहोर्न थप रकम तिर्नुपर्ने भनी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प तथा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले दुवैले बताएका छन्।ट्रम्पले यूरोपेली सेना बनाउनेसम्बन्धी प्रस्तावको कडा आलोचना गरेको भोलिपल्ट उनीहरूको यस्तो भनाइ आएको हो।पहिलो विश्व युद्ध सकिएको १०० वर्ष पुगेको अवसरमा आयोजित समारोहहरूमा सहभागी हुन ट्रम्प प्यारिस पुगेका छन्।ट्रम्पले अमेरिकाले 'बलियो यूरोप' चाहेको बताएका छन् तर ठूलो मात्रामा प्रतिरक्षासम्बन्धी खर्च अमेरिकामाथि निर्भर रहेको बताएका छन्। माक्रोँ: ट्रम्प फौज फिर्ता नगर्न सहमतमाक्रोँले दिएको बिरुवा ह्वाइट हाउसबाट गायबइरानबारे नयाँ सम्झौता हुन सक्छः ट्रम्प-माक्रोंआलोचनाराष्ट्रपति डोनल्ड ट्रम्पसहित विश्वका झण्डै ७० देशका नेताहरू पहिलो विश्व युद्ध सकिएको १०० वर्ष पुगेको सम्झनामा आयोजित समारोहहरूमा सहभागी हुन फ्रान्स पुगेका छन्।संयुक्त राज्य अमेरिका चीन तथा रुसबाट आउन सक्ने जोखिमहरूको सामना गर्न यूरोपेली संघलाई संयुक्त सेनाको आवश्यकता रहेको माक्रोँले बताएपछि बैठक हुनुभन्दा एकदिन अघि ट्रम्पले माक्रोँको आलोचना गरेका थिए।सामाजिक संजाल ट्वीटरमा आक्रोशले भरिएको सन्देश राख्दै ट्रम्पले, उनकै शब्दमा, त्यस्तो सुझाव एकदमै अपमानजनक भएको बताएका थिए।चेतावनीयसअघि माक्रोँले आफ्नो सुरक्षाका लागि यूरोपेलीहरू अब अमेरिकामाथि निर्भर भइरहन नसक्ने भन्दै चेतावनी दिएका थिए।यूरोपले जिम्मेवारी लिनुपर्ने भनाइ सही भएको पनि माक्रोँले बताएका छन्। र त्यसको लागि थप लगानीहरूको आवश्यकता भएको विश्वास आफूलाई लागेको टिप्पणी माक्रोँले गरेका छन्।अमेरिकाले नेतृत्व गरिरहेको उत्तर एटलान्टिक सन्धि संगठन-नेटो गठबन्धनभित्र उचित आर्थिक भार बाँडफाँट गर्नु खाँचो रहेकोतर्फ माक्रोँले सहमति जनाएका छन्।





Unlimited Portal Access + Monthly Magazine - 12 issues-Publication from Jan 2021


Buy Our Merchandise (Peace Series)

 


Contribute US to Start Broadcasting



It's Voluntary! Take care of your Family, Friends and People around You First and later think about us. Its Fine if you dont wish to contribute and if you wish to contribute then think about the Homeless first and Feed them. We can survive with your wishes too :-). You can Buy our Merchandise too which are of the finest quality.

Debit/Credit/UPI

UPI/Debit/Credit

Paytm


STRIPE




SCAN and Contribute
        





13